समाचार
सरकारले लाेककल्याणकारी विज्ञापन खाेस्न लागेकाेमा समाजवादी प्रेस संगठनकाे आपत्ति

माघ १७ बुधबार ,२०८०
काठमाडौ । समाजवादी प्रेस संगठन नेपालले प्रेस काउन्सिल ऐन विस्थापन गर्ने नाममा राज्यले पत्रपत्रिकालाई दिदै आएको रकम सुविधा खोस्न खोजिएकोमा आपत्ति जनाएको छ ।
अध्यक्ष विश्वमणि सुवेदीले आज विज्ञप्ति जारी गर्दै सरकारले कुनै पनि बहानामा सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र त्यसबापतको रकम खारेज गर्न नहुने बताउनु भएको छ। सञ्चार माध्यम र सांसदहरुको सुझाव समेतलाई वेबास्ता गर्दै हतार-हतार मिडिया काउन्सिल, आमसञ्चार, सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउन खोज्नु प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उहाँको दावी रहेको छ। ‘
विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउँदै सरकार र प्रेसबीचको बलियो पुल हुने खालको काउन्सिल हुनुपर्ने हाम्रो मान्यता हो । यस विपरीत सरकारै हाबी हुने खालको मिडियो काउन्सिल विधेयक कुनै हालतमा स्वीकार्य हुने छैन ।’
त्यस्तै, स्वतन्त्र सञ्चारकर्मको घाँटी थिच्ने प्रावधानसहितको कुनै पनि विधेयक अघि बढाइए मिडिया क्षेत्र आन्दोलनमा उत्रिन बाध्य हुने समाजवादी प्रेस संगठनको चेतावनी छ ।


