बिचार/ब्लग
कवि निर्भिकजंग रायमाझीकाे कविता ” बिदाइमा “

बिदाइमा
गएँ है ! भन्न नपाई छुट्टिनुपर्याे त्यो दिन
बिदाइकाे हात हल्लाउन पनि पाइनँ
न पाएँ एकफेर
शुभ- यात्रा कामना गर्न तिमीलाई ।
न दिनै पाएँ
स्मृतिकाे चिनुस्वरुप
वर्षौदेखि साँचिराखेरकाे बुट्टे रुमाल।
यसै छुट्याे….
अङ्गालाे हाल्ने मनकाे रहर
आँसु पुछिदिदै निधार चुम्ने रहर
उदासलाग्दाे त्यो गाेधूलिमा
विरही सुनियाे गाेलसिमल पनि एकबार !
आज स्मृति घाउ बल्झिँदा
एकाेहाेराे साेचपरहेछु-
किन भेटेछु तिमिलाई त्याे दिन
कि आँखा दाेबाटाेमै टिकाएर
छुट्टिनुपर्याे त्यो दिन।