समाचार

सन् २०२२ प्रेस स्वतन्त्रताकाे लागि चुनौतीपूर्ण रहेको निस्कर्ष

पुस, १६
काठमाडौ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको पाइएको छ । प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ । यसले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ चुनौती भित्रिएको छ । 

अघिल्लो वर्षमा भन्दा फरक यो वर्ष डिजिटलमाध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको हो । अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठि रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।

नेपाल पत्रकार महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हनन्का ५३ वटा घटना घटेका छन् । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । सन् २०२१ मा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख भएका थिए । ६२ वटा घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए ।

सरकारले ल्याएका र ल्याउन प्रयास गरिएका सञ्चार कानून सुधारमा महासंघको निरन्तर खबरदारी हुँदा पनि पाँच वर्षे प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । सन् २०२२ मा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्धका कानून ल्याइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका छन् । त्यस्ता कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ ।

  क्र.सं  घटनाको प्रकृति संख्या  पीडित संख्या पुरुष पीडित संख्या महिला  संचारमाध्यम

१.गिरफ्तारी ३ ३
२ कब्जा÷अवरोध ७ ८ ४
३ धम्की ÷दुव्र्यवहार  २२ ३३ २ १
४ आक्रमण  ७ १० १
५ पेशागत असुरक्षा ११ ७८ १५
६ नीतिगत बन्देज १
७ लैङ्गिक हिंसा  १ १
८ विस्थापन  १ १
  जम्मा घटना  ५३ १३३ १८ ६
५३ जम्मा पीडित  १५७
स्रोत ः नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखा, २०२२, डिसेम्बर ३१
क्र.सं  घटनाको प्रकृति संख्या  पीडित संख्या पुरुष पीडित संख्या महिला  संचारमाध्यम
१ गिरफ्तारी ४ ९ १
२ कब्जा÷अवरोध १० ३० ५ १
३ धम्की ÷दुव्र्यवहार  ३२ ३९ ३ ३
४ आक्रमण  ५ ५
५ पेशागत असुरक्षा १० ९१ ७
६ नीतिगत बन्देज १
  जम्मा घटना  ६२ १७४ १६ ४
जम्मा पीडित  १९४
स्रोत ः नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखा । २०२१, डिसेम्बर ३० ।

रोसन पुरी
महासचिव

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *