समाचार

चुनावकाे बेला भ्रम सिर्जना गर्न खाेजियाे- अध्यक्ष हुमागाई

काभ्रेपलान्चोक ,

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बसुन्धरा हुमागाईले आफ्नो वडा कमिटीका ब्यक्तिहरू एमाले प्रवेश गरेको भन्ने कुरामा विश्वास नगर्न आग्रह गर्नुभएको छ ।

पनौती नगरपालिका वडा १२ मा नेकपा (एकीकृत समाजबादी ) पार्टी एकढिक्का र सशक्त रहेको भन्दै पार्टीले निष्कासन गरिसकेको दुई चारजनालाइ प्रवेश गराएको नाटक गरेर भ्रमसिर्जना गर्न खोजेको पार्टी अध्यक्ष हुमागाईंको भनाई छ ।

अध्यक्ष हुमागाईंले यस्तो भ्रमकोपछि नलाग्न सबैमा अनुरोध गर्नु भएको छ । वडा नम्बर १२ का १६ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी छोडेको घोषणा गरेका छन ।

नेकपा एस छोड्नेमा जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, नगर कमिटी उपाध्यक्ष देवराज केसी, वडा कमिटी सहद्दइन्चार्ज क्षेत्रवहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघका जिल्ला कमिटी सदस्य उमेश हुमागाईं, यवा संघका पनौती नगर कमिटी सदस्य मनोज कार्की छन् ।

त्यस्तै अनेमसंघ उपाध्यक्ष प्रिया खत्री, वडा कमिटी उपाध्यक्ष दुर्गाबहादुर लामा, वडा कमिटी उपसचिब निमा लामा, अनेमसंघ वडा कमिटी सचिब रिता केसी, वडा कमिटी सदस्यहरु हरिप्रसाद हुमागाईं, सांगे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ र सुरेन्द्र केसी छन् । 

लक्ष्मण कार्की, प्रल्हाद केसी, देबराज केसी र छेत्र बहादुर तामाङ लगायतलाई नेकपा एसले पार्टीको साधारण सदस्य समेत नरहने गरी यस अघि नै कारबाही गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *