समाचार

दोलखा नेकपा एसको भागमा पर्ने सम्भावना, उमेद्वार नेता भण्डारी

टुकी संवाददाता /काठमाडौं 

एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखा जिल्ला नेकपा एकीकृत समाजवादीले पाउने प्रायः निश्चित भएको छ।

गठबन्धनसंग एकमात्र क्षेत्र भएको दोलखा जिल्ला नेकपा एस ले दावी गरेपछि एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना बढेको एक नेतालाई उदृत गर्दै स्रोतले बताएको छ।

नेकपा एकीकृत समाजवादीका कतिपय नेता कार्यकर्ताहरु चुनावी गतिविधिका लागि जिल्ला फर्कने क्रम बढेको छ। दोलखा बाट प्रतिनिधि सभा सदस्यमा पोलिट्व्यूरो सदस्य तथा नेता शिव प्रसाद भण्डारी चुनावी मैदानमा उत्रिने देखिन्छ।

नेता भण्डारीले लोकतान्त्रिक आन्दोलनमा दोलखाको नेतृत्व गर्नुभएको थियो । उहाँ एक इमान्दार ,विकास प्रेमी र गाउँदेखि केन्द्रसम्म प्रभावकारी भूमिका खेल्न सक्ने सक्षम नेता मानिन्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close