विश्व

इतिहासमा पहिलो पटक व्हवाइट हाउस अँध्यारो

एजेन्सी २१ जेठ : इतिहास मै पहिलो पटक सर्वश्रेष्ठ अमेरिकी राष्ट्रपति कार्यालय व्हवाइट हाउसको बत्ति निभाउनु परेको छ । व्हवाइट हाउस आगाडी समेत प्रदर्शन भैरहेको कारण उक्त निर्णय लिएको हो ।

अमेरिकामा जारी प्रदर्शनले सम्पूर्ण राज्यहरु जलिरहेको छ। रंगभेदका कारण भड्किएको दंगाले अमेरिकी नागरिकमा आक्रोश पैदा गरेको छ। रात परेपछि उज्यालो हुने अमेरिकी राष्ट्रपति कार्यालय व्हवाइट हाउस प्रदर्शनकारीका कारण अँध्यारो बनाएको छ। कोरोना महामारी बीच भड्किएको आन्दोलनले छुट्टै र भयाबह मोड लिएको छ।

यसले दिर्गकालिन रुपमा अमेरिकालाइ क्षति पुग्ने अनुमान गरिएको छ। अमेरिका जस्तो ठुलो मुलुकमा रंगभेद प्रति गरिएको व्यवहार निकै लज्जास्पत रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *