समाचार

कोरोनाले ल्याएको गाउँको समृद्धि

विश्व नै COVID 19 अर्थात् कोरोना भाईरससंग रुमल्लिँदै गर्दा नेपालमा पनि ठुलै हलचल भएको प्रस्टै छ, तर पनि हजारौं समस्याहरुको चाङ संगै,केही नै भएपनी समबृर्दी नभएको भने पक्कै होइन दिनभरी आफ्नो श्रम बेचेर बिहान बेलुका छाक टार्नेहरु त एकदमै मर्कामा छन् । कतिको चुलो निभ्यो, कतिको जग्गा जमिन लिलाममा पर्ने हो लेखाजोखा नै छैन । यी कहरको यर्थाथ लेख्न यी हातहरु लरबराईरहेको छ, पसलमा जाँदा दैनिक उपभोग्य बस्तुको भाउ सुन्दा आँखाबाट आँशुहरु बगिरहेछ आमाहरु रोईरहँदा आँशु पुछ्ने ताकत यो शरिरमा छैन।

राजधानीको कुनै कुनामा डेरा जमाएर बसिरहेको बेला हतार हतार बाले मोबाइल लगाउन श्यामे कहाँ पुगेछन् र भन्नुभयो, बाबू कोरना आछ घरमा आईज भोलिनै, बाले भक्कानिँदै भन्नुभयो-मोबाइल मा पैसा छैन भोलि आईज है बाको कुरा सुनेर बेलुकाको खाना खाने सामार्थ्य कति रहेन, रातभरी मोबाइल चलाउँदै रात काटेँ, बिहान उज्यालो भयो र बस स्टेशन गएँ, टिकट काँटे गाडिमा कोरना आको छ भन्दै हल्लाखल्लाले नै धादिङ उत्रिए। सबैको मुखमा माक्स र हातमा रुमाल देखिन्थ्यो म भने कहिले घरमा पुगौला र बाको हिजो बेलुकीको आशु पुछ्ने हतारमा थिँए बल्ल तल्ल घर आईपुगेँ र आमालाई ढोग गरेँ र आमालाई सोधेँ, बा खै आमाले भन्नुभयो,जोत्न गाछन् जुँडी खेतमा म पनि गएँ, बाले भने आईस् आए भने तब बा र म घरमा आयौ र खाना खायौ। र TV हेर्दै भलाकुसारी भयो।

मलाई सन्चो छैन छोरा भोली जुँडी खेत जोत्न जा है, मलाई सन्चो छैन, म एक हल गोरु लिएर जुँडी खेत सुसेली हाल्दै झरेँ,। आहा कति मिठा गुन्द्रुक, भटमास र सेती भैसीका मोही घाम डाँडामा बसेपछि गोरु धपाउदै,काँधमा हलो, र जुवा साथ उकाली लागेँ, बेलुका बाले खाना खाने बेलामा भन्नुभयो खेत कति भयो त मैले हाँस्दै भनेँ, सकियो बाले भन्नुभयो आज श्रीमाने र बिरेहरु पनि आए भोली उनिहरुले अर्चले जोत्ने रे मैले हाँस्दै भने अचम्म अर्चलेमा बाँझो रहेको १७ साल भयो त बाले आफ्नो जग्गा सकेको बेलामा जहिले खन जोत गरेनी हुन्न र भन्नुभयो, र मैले तेत्रा जग्गा त्यतिको बर्षसम्म किन प्र योगमा आएन त भन्नासाथ बाले अहिले संसार नै कोरनासंग लड्दै छ, बलेले गर्न सकेन छोराले गर्छ, अहिले सबै परिवार घरमा छ त भन्नासाथ मेरो मनमा पनि अनेक समबृर्दी हरु छायो, र ४/५ सालदेखीको प्रयोगमा नल्याएको पारीबारी र खोर्या बारीको समबृर्दीहरु छायो, र हप्ता दिनसम्मको अधिक मेहनतले अहिले मकै, तिल, बोडी,र खुर्सानीहरुले केही नै भएपनी समबृर्दीहरु छाएको छ, Covid-19 को मारमा करोडौं जनताहरु छन् र बाझो रहेको जग्गा जमिन प्रयोगमा ल्याएर गाँऊ मा नै केही नै भएपनी गर्न सकिन्छ। कुनै शहरको कुनातिर डेरा जमाउनु भन्दा पनि कृषिमा नै आफ्नो केही समय बिताउँदै रमाईरहेका हजारौं युवाहरु दुर्गम गाँऊ गाँऊमा देख्न सकिन्छ र Covid-19 ले गर्दा शहरबाट गाँऊ आएका युवा हरु कुखुरा पालन, बाख्रा पालन,तरकारी खेती,माछा पालन,डकर्मी, सिकर्मी लगायत काममा अग्रसर हुनुले गाउँ गाँउमा समबृर्दी छाएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *