समाचार

रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

काठमाडौँ / वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो ।

इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । मनमोहन अस्पतालमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले सुरू गरेका थिए। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *