समाचार
‘घर नभएपछि हामीले यसैगरी जीवन बिताउने हो’
हेटौँडा । पत्थरकट्टा (सिलौटा बनाउने) काम गर्दै आइरहेका ५० बर्षीय सञ्जय शर्माको यो संसारमा आफ्नै छानो छैन । उनलाई थाहा भएका बेलादेखि नै उनी बुवा र हजुरबुवाहरुसँग फिरन्ते नै रहे । अभिभावकहरुले जहाँ लगे, उतै काममा सघाए । अभिभावकहरुको अन्तपछि पनि उनले यही काम गरिरहे । दशैँ र छठ पर्वमा उनीहरु आफ्नै गाउँमा जाने र चाड पर्वहरु मनाउने गरेका छन।
पछिल्लो पटक मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ लोथरस्थित खोला किनारको फिरन्ते बस्तीमा भेटिएका उनी अस्वस्थ थिए । सिलौटाको ढुंगा झरेर खुट्टामा बज्जारिए पछि उनी लट्ठीको सहारामा दिशा पिसाब गर्न जान सक्छन् । १५ दिनजति भयो उनको यस्तो अवस्था भएको । सञ्जयसहित श्रीमती, तीनभाई छोरा, एक छोरीसहितको परिवारको बसोबास एउटै त्रिपालमुनि छ ।
बुवा घाइतेपछि उनका जेठा छोरा राहुल कामको खोजीमा निस्कन्छन्, साँझपख उसैले कमाएर ल्याएको पैसाले किनिएको दाल चामलले उनीहरुको परिवारको प्राण धानिएको छ । सञ्जयको परिवारजस्तै ३५ वटा परिवार यस्तैगरी लोथर खोला किनारको छाप्रोमा केही महिनायता बसिरहेको छ । सञ्जयको परिवार बसेको भने २ बर्ष पुग्न लाग्यो । ‘घर नभएपछि हामीले यसैगरी जीवन बिताउने हो’, सञ्जय भन्छन् । आजको गोरखापत्रमा खबर छ
प्रतिक्रिया दिनुहोस्

