बिचार/ब्लग

हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल साउन २७ गते । सोमबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७६ साल साउन २७ गते । सोमबार । इस्वी सन् २०१९ अगस्ट १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्ल पक्ष । तिथि द्वादशी,१८ घडी ४० पला ,दिउसो ०१ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाषाढा,५६ घडी ५० पला,रातको ०४ बजेर १७ मिनेट उप्रान्त उत्तरषाडा ।

मेष : कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुने छ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरू मनमानसमा लैजान सकिनेछ ।

वृष : सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् ।

मिथुन : अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ। स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ। रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

कर्कट : मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँ को नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिने छ । माया प्रेममा सामिप्यता बढ्ने छ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ।

सिंह : व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ। सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ। पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुने छन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिस बाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहने छ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

कन्या : घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्न घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यावासायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।

तुला : अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्याव सायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

वृश्चिक : सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यवसाय फस्टाएर जानेछ। समय अनुसार बिचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ। कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

धनु : नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन। समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकि नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

मकर : समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आम्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला। टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुख पाइनेछ। विदेशमा बसेर काम गर्नेहरूका लागि वा विदेशी सामानको व्यापार गर्नेहरूका लागि समय राम्रो रहेको छ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलासी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।

कुम्भ : मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुने छ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइने छ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरू हुनेछन् ।

मीन : सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने छ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्नेहुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा प्रतिस्पर्धीहरू भन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *