समाचार

इन्जिनियर बन्ने सपना बोकेर अस्ट्रेलिया गएका २१ वर्षीय स्वदेश सेढाई रातो बाकसमा फर्किदै !

काठमान्डौ –अस्ट्रेलियामा ”एक नेपाली परिवारसँग अपार्टमेन्ट शेयर गरेर बस्दै आएका २१ वर्षीय स्वदेश सेढाई आफ्नै कोठाको लुगा राख्ने वाडरोबभित्र गत जुलाई १२ तारिखका दिन मृ*त अ*वस्थामा फे*ला परेका थिए ।उनी सिड्नीको गिलफोर्डमा बस्दै आइरहेका थिए भने सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका थिए । सेढाईको शव जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमानमार्फत् काठमाडौँ ल्तयाउने यारी पूरा भएको छ ।

सेढाईको शव नेपाल पठाउन अग्रणी भूमिका खेलिरहेको संस्था झापाली समाज अस्ट्रेलियाका अध्यक्ष दीपक चुडालले सो जानकारी दिए ।उनले भने, “उनको शव नेपाल पठाउनका लागि हामीले अर्थ संकलन अभियान अघि बढाएका थियौं । यस अभियानमा छोटो समयमैँ हामीलाई आवश्यक रहेकोभन्दा बढी पैसा संकलन गर्न सफल भयौं ।यस अभियानअन्तर्गत जम्मा ११ हजार ७ सय ९३ अस्ट्रेलियन डलर संकलन भएको छ । यस कार्यका लागि सहयोग गर्ने सम्पूर्ण मनकारी मनहरूलाई संस्थाका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं ।”

उनले अगाडि भने, “उनको *शव यहाँबाट पठाएलगत्तै ५० प्रतिशत रकम उनको परिवारलाई पठाइनेछ भने बाँकी रहेको रकमलाई उनको परिवारको चाहनाबमोजिम परोपकारी ट्रष्ट स्थापना गर्नका लागि प्रयोग गरिनेछ ।पो*ष्टमार्टमपश्चात् उनले आ*त्महत्या गरेको पुष्टि भएको थियो ।गलत परामर्श, काम र पढाइलाई व्यवस्थापन गर्न नसक्नु, सांस्कृतिक अन्तरलाई व्यवस्थापन गर्न नसक्नु, गलत संगत वा आचरणमा पर्नु तथा नेपाली दूतावास तथा सामाजिक संघसंस्थाले नेपाली विद्यार्थीको मानसिक स्वास्थ्य तथा सामाजिक सचेतनाका प्रभावकारी कार्यक्रमहरू ल्याउन नसक्नुलाई विद्यार्थीहरूले यस्ता गलत बाटो रोज्नुको पछाडिको कारक मानिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *