समाचार

आफैं जेलमा बसेर जुम्ल्याहा भाइलाई भगाएपछि…

अंकारा– टर्कीमा उस्तै अनुहार भएका आफ्ना जुम्ल्याहा भाइलाई भगाउन एक जना जुम्ल्याहा दाजु जेलमा बसेको घटना सार्वजनिक भएको छ । उनले आफू जेलमा बसेर भाइलाई जेलबाट भगाउन सफल भएका थिए । ज्यान लिएको अभियोगमा जेलमा रहेका १९ वर्षे आफ्ना जुम्ल्याहा भाइलाई भेट्न जेल पुगेका उनी जेलभित्रै बसेर भाइलाई भने भगाएका थिए ।दक्षिणी टर्कीको मेसरिन शहरको उच्च सुरक्षा सहितको ए टिपी कापासी जेलमा रहेका जुम्ल्याहा भाइ मुरात ए. लाई भेट्न हुसैनल गत बिहीबार जेल गएका थिए ।

उनीहरुलाई जेलकै कक्षमा भेटघाट गर्न दिइएको थियो । त्यसपछि हुसैनले आफ्ना अपराधी जुम्ल्याहा भाइ बसेको कक्षमा आफूलाई राखेर भाइलाई भगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीको अनुहार ठ्याक्कै नमिले पनि दुईको अनुहार केही हदसम्म मिल्ने रहेकाले अपराधी भाइ भाग्दा प्रहरीले समेत चाल पाएन ।

ए टिपी कापासी जेलमा अनुहार पहिचान गर्ने यन्त्र नरहेका कारण उनी भाग्न सफल भएका थिए । पछि जेलका गार्डले जेलबाट हिडेको मानिसलाई चिनेर नजिकको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अपराधीको घर गएर उनलाई फेला पारेको थियो । हाल दुबै जुम्ल्याहा दाजुभाइ हिरासतमा छन् । यसबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *