समाचार

किन पस्न थाल्यो काठमाडौँ उपत्यकाको शहरमा बाढी ?

काठमाडौं : नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएका छन्। जसका कारण काठमाडौँ, ललितपुर र भत्तपुर नै जोखिममा पर्न सक्ने भय वढ्दै गएको छ। यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्। गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो।

डुबानले एक अर्ब बराबरको क्षति भएको थियो। बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विपदविद् मधुकर उपाध्याय बताउँ छन्। मानिसले खोला खोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको उनको भनाई छ । सस्तो भन्दै किनारामा जग्गा किनेर घर बनाउनेहरु उपत्यकामा बाढीको जोखिममा पर्दै गएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी पनि नदी अतिक्रमणकै कारण बाढी घर बस्तीमा पसेको बताउँछन् । ‘नदी अतिक्रमण गरिएको छ, नदीमाथि फोहोर लगेर फाल्छौं त्यसैले बाढी आफ्नो क्षेत्रबाहिर जान बाध्य छ,’ उनले भने। उनी विपद् निम्तनुका पछाडि मानवीय कारण मात्र नभएर प्राकृतिक कारण पनि रहेको बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *