खेलकुद

यसकारण अष्ट्रेलिया विश्वकपको फाइनलमा पुग्ने संभावना प्रवल

एजेन्सी । विश्वकप क्रिकेटका खेलहरु रोमाञ्चक मोडमा पुगीरहेका बेला आज दोस्रो सेफिफाइनल खेलमा अस्ट्रेलिया र इङ्ल्याण्डबीचको प्रतिस्पर्धामा ४४ वर्षपछि सेमिफाइनलमा आमनेसामने हुन लागेको हो । विश्वकपमा सन् १९९२ पछि इङ्ल्याण्डबिरुद्ध एउटा खेल पनि नहारेको अस्ट्रेलियाले ५ मार्च १९९२ मा सिड्नी क्रिकेट ग्राउन्डमा इङ्ल्याण्डले ८ विकेटको जीत हासिल गरेपछि पनि ४ पटक जित आफ्नो पक्षमा पार्न सफल रह्यो ।

अष्ट्रेलियाको सवल पक्षमा उसका ओपनर डेविड वार्नर हुन् । कारण उनी जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउनेमा दोस्रो स्थानमा छन् । वार्नरले ९ पारीमा ८१ को औसतले ६३८ रन बनासकेको अवस्थामा आजको खेलमा पनि गज्जबसँग चम्किने संभावना रहन्छ । तीन शतक र तीन अर्धशतक लगाइसकेका उनीबाहेक अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क पनि आशालाग्दा खेलाडीहरु हुन् ।

जो जम्किएको खण्डमा उ फाइनलमा जाने संभावना प्रवल हुन्छ । आजको खेलमा अस्ट्रेलियाले जीतको शृङ्खलालाई कायम राख्ने प्रयास गर्नेछ भने इङ्ल्याण्ड हारको क्रममा ब्रेक लगाउँदै फाइनल प्रवेशका लागी संघर्ष गरिरहँदा निष्पक्ष खेल प्रेमीहरु भने खेल हेर्न आतुर छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *