समाचार

कारागारका कैदीमा छालाजन्य रोगको प्रकोप

तनहुँ / तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताउनुभयो । कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उहाँले भन्नुभयो, “दमौली अस्पतालमा पनि उपचार हुन नसकेका केही कैदीबन्दीका समस्यालाई पोखरासम्म पठाएर उपचार गरी निको पार्ने काम गरेका छौँ ।”

केही कैदीबन्दीमा टाउँको दुख्ने, रिँगटा लाग्ने रुघाखोकी जस्ता समस्या पनि देखापरेको छ उहाँले भन्नुभयो, “केही व्यक्तिमा कारागार चलान भएपछि हुने डिप्रेशन र बढ्दो गर्मी मौसमका कारण टाउको दुख्ने र रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ ।” पैँतीस जना क्षमताको उक्त कारागारमा १३९ कैदीबन्दी रहँदै आएको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताउनुभयो । ठाउँको अभावमा आठ महीनाको अवधिमा १९ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

कारागारमा हाल थुनुवा ६७ कैदी ७२ गरी १३९ कैदीबन्दी रहेका छन् । गर्मी समयमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने समस्याले गर्दा रातको समयमा सुत्न कठिनाइ भोग्नुपरेको कारागारका चौकीदार नरबहादुर थापाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *