स्वास्थ्य
औषधीय गुणले भरिपुर्ण करेलाले ठिक गर्छ कलेजोमा हुने रोगदेखि पाइल्ससम्म
काठमाडौँ- करेला तितो स्वादमा भएपनि फाइदा भने अनेक छन् । करेलाको सेबनले हाम्रो शरिरलाई फाइदा पुर्याउने मात्र होइनकी धेरै रोगबाट पनि बचाउछ । यसको सेबनले ब्लड प्रेशर हाई भएका ब्यक्तिलाई निकै फाइदा गर्छ । औषधिय गुणले भरिपुर्ण करेलाको सेबनले ब्लड प्रेशर हाइलाई नियन्त्रण गर्छ । त्यस्तै करेला सजिलै पच्ने तरकारी भएकोले यसको सेबनले पाचनमा पनि सहयोग पुर्याउछ । यसमा फोस्फोरसको मात्रा अधिक हुने हुनाले तपाइमा भएको कपको समस्यालाई हटाउँछ ।
यसमा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ ।कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी छ । त्यस्तै करेला सेबनले रगतलाई शुद्ध बनाउने काम पनि गर्छ । यदि दम रोगीले पनि बिना मसला करेला सेबन गर्नाले फाइदा गर्छ । प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ । करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गरेमा पाइल्स पनि निको हुन्छ ।



