स्वास्थ्य
रायोको साग खाँदा के के हुन्छ फाइदा ?
काठमाडौं । साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसले खानामा अनिवार्य साग चाहिन्छ । साग बिनाको खाना खल्लो महसुस गर्छन् । तर, कोहीलाई साग मनै पर्दैन । स्वास्थ्यका लागि मन नपरे पनि खाने गर्नुपर्छ । रायो, चम्सुर, पालुङ्गो सागका आ–आफ्नै फाइदा हुन्छ । यहाँ चर्चा गर्न खोजिएको विषयमा हो सायोको साग खाँदा हुने फाइदाकाबारेमा ।
रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।
बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।


