स्वास्थ्य

पाथिभारा सेकेन्डरी स्कुल मा निशुल्क स्वस्थ्य शिविर सञ्चालन

इटहरी / इटहरी को पाथिभारा सेकेन्डरी स्कुल मा नि:शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । बिराटनगर आँख अस्पताल को आयोजना मा उक्त शिविर सञ्चालन भएको थियो । शिविर मा बिद्यार्थी को आँखा र कान को परिक्षण गरिएको बिद्यालय प्रिन्सिपल गोपाल श्रेष्ठले जानकारी दिए । यो समयमा बिद्यार्थीको आँखा र कानमा धेरै समस्या देखा पर्ने भएकाले शिविर सञ्चालन गरेको उनले बताए । शिविर मा पाँच सय बिद्यार्थीको स्वास्थ्य परीक्षण भएको बिद्यालय का सञ्चालक निर्मल रिजालले जानकारी दिए । साथै बिद्यार्थीलाई पढाई सँगै बिभिन्न अतिरिक्त क्रियाकलाप मा समेत सहभागि गराउने गरेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *