समाचार

उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत

उदयपुर / उदयपुरमा १३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ शनिबारे बस्ने अन्दाजी ३६ वर्षिय युवक देव कुमार राई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले खोटाङ खोटेहाङ गाउँपालिका दिप्लुङ घर भई हाल चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा दिदी भिनाजुको बस्दै आएकी १३ वर्षिय बालिकालाई बलात्कारीले ललाई फकाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए । पीडक राई जबरजस्ती करणी गरेर बसमा चढेर भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया एरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट जबरजस्ती करणी मुद्धा दर्ता गरेको प्रहरीले जानकारी दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *