समाचार
उपचार गर्न काठमाडौं आएका कानुन मन्त्री ढकालका दाजु बेपत्ता
काठमाडौं । उपचार गर्न काठमाडौं आएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद बेपत्ता भएका छन् । उनी बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ ।
अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ । तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।
