स्वास्थ्य

एउटै वडामा आठ कुष्ठरोगी

गौशाला / महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन् । गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नं ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सो वडामा रहेको एउटा दलित बस्तीमा आठ कुष्ठरोगी फेला परेका छन् । तीस हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररुपमा चलाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *