समाचार

सभामुखद्वारा प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द हटाउन निर्देशन, संसदको वातावरण सुधार

काडमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिँदा प्रयोग भएका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइने भएको छ। सभामुख कृष्णबहादुर महाराले शुक्रबार संसदको कारबाही शुरु गर्दा शुरुमै प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द हटाउन निर्देशन दिएका छन्।

सभामुख महराले भने,‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु। नेपाल सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले स्पष्टिकरण तथा सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *