समाचार

निर्मला यादव हत्या प्रकरण : भाउजुसँग प्रेमलिला, श्रीमतिलाई जलाएर हत्या

धनुषा / दुई साताअघि जलेर मृत्यु भएकी शहीदनगरपालिका १ चिरैया टोलकी निर्मला यादवको आफ्नै पति मुकेश गोइतले जलाएर हत्या गर्नुमा भाउजुसँगको प्रेम सम्बन्ध रहेकाे रहस्य खुलेको छ । मुकेशको आफ्नै भाउजु श्यामा देवीसँगको प्रेम सम्बन्धको कारण श्रीमतिलाई जलाएर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । भाउजुको उक्साहटमा मुकेशले पत्नी निर्मलालाई पेट्रोल छर्केर आगो लगाएको प्रहरी उपरीक्षक(एसपी) शेखर खनालले जानकारी दिए । प्रहरीले घटनापछि फरार मुकेशलाई करिब ३ सातापछि पक्राउ गरेको थियो । घटनामा संलग्न मुकेशसँगै उनकी भाउजू श्यामालाई पनि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

निर्मला र मुकेशबीच करिब १० महिना अघि मात्र विवाह भएको थियो । नीहरुको यो प्रेमलिला निर्मलाले थाह पाएपछि मुकेशले कपडा जलाउन खोज्दा भाउजु श्यामाले नै मान्छे नै जलाइदेऊ भनेर उक्साएपछि यही वैशाख ५ गते मुकेशले निर्मलाको जिउमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए । लेर गम्भीर घाइते भएकी निर्मलाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा बैशाख १६ गते मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *