समाचार
कल्याणले पत्निको हत्या गरी टाउको बोकेर प्रहरी चौकी पुगे, देखियो संसारमा नै नदेखिएको आंग नै काँप्ने दृश्य
काठमाडौं । भारतको मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा एक व्यक्तिले आफ्नो श्रीमतीको टाउको काटेर प्रहरी चौकीमा लिएर गएका छन् । कल्याण शाक्यवार नाम गरेका ती व्यक्तिले आफ्नो श्रीमतीको हत्या गरेर प्रहरी चौकिमा आएको कुरा प्रहरीले जनाएका छन् ।

उनीहरुको १० बर्ष अगाडी विवाह भएको थियो । उनी तीन छोराछोरीको बाबु हुन् । उनको र उनको श्रीमतीको दिनदिनै झगडा पर्ने गथ्यो । एक दिन झगडा गरीरहेको बेलामा आफ्नै श्रीमतीलाई बन्चरोले हानेर यी व्यक्तिले हत्या गरी प्रहरी चौकीमा गएको कुरा जानकारी दिएका छन् । ती व्यक्तिले आफ्नो श्रीमतीको टाउँको झुण्ड्याउँदै प्रहरी चौकी पुगेका थिए ।




