समाचार
दिल्लीबाट काठमाडौँ आउँदै गरेको बसमा बम बनाउने सामान भेटियो, बस प्रहरी नियन्त्रणमा

काठमाडौँ – भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट सशस्त्र प्रहरीले विष्फोटक पदार्थ बरामद गरेको छ।शुक्रबार राति करिब १२स्४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बस माथि शंका लागेपछि जाँच गर्दा उक्त परिमाणको सामग्री सशस्त्रले बरामद गरेको हो।
डुडेझारी कैलालीले भारतको नयाँ दिल्लीबाट काठमाडौं आउंदै गरेको बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायत बरामद गरेको हो।बसमा विष्फोटक पदार्थ बनाउने सामग्री रहेको बारे भने सशस्त्रले शनिबार बिहान मात्रै थाहा पाएको हो ।नवलपरासी प्रहरीले बसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

