समाचार
खुल्ला बहसका लागि तयार हुन मोदीलाई राहुल गान्धीको आग्रह
नयाँ दिल्ली, २५ माघ / भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गर्नुभएको हो ।