स्वास्थ्य
सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
काठमाडौँ,१६ माघ । रोल्पामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।गत वर्ष सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या ३१२ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

यस्तो सेवा लिनेमध्ये अधिकांश किशोरी रहेका छन् । पहिलो पटक गर्भ रहेकै बेला उनीहरुले यस्तो सेवा लिएको छ । सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो पटक गर्भ हुनेले गर्भपतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

