समाचार

देउवा निवासमा कांग्रेस नेताहरुको छलफल

काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिबाट सुरु हुने केन्द्रिय कार्य समिति बैठकको पूर्व सन्ध्यामा शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

आफ्नो निवास बुढानिलकण्ठमा नेताहरु बोलाएर उनले भोलिबाट सुरु हुने बैठकका एजेण्डाका बारेमा छलफल गरेका हुन् । पार्टीको विधानमा सहमति खोज्नको लागि उनले शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *