स्वास्थ्य
धनुषामा वीसीजी सुइको सिरिन्च अभाव हुँदा महिनौ देखि सयांै बच्चाहरु सुइ नलगाई फर्किए घर

धनुषा । नवजात वच्चाहरुलाई लगाउनुपर्ने पहिलो सुइको रुपमा रहेको वीसीजी सुइको सिरिन्च धनुषामा अभाव हुँदा महिनौ देखि सयांै बच्चाहरु सुइ नलगाई घर फर्किनु परेको छ ।
सुइको अभाव हुन नदिनका लागि आवश्यकताभन्दा बढि सुइ खरिदका लागि खरिद प्रक्रिया अगाडी बढाइए पनि प्राविधिक समस्याका कारण खरिद हुन सकेको छैन ।
धनुषामा शिशुका लागि अति अवाश्यक वीसिजी सुइ अभाव भएको छ । जनस्वास्थ्य कार्यालय धनुषामा नै सुई सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासंघका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठका अनुसार विसीजी सुइको अभाव हुन नदिनका लागि आवश्यकता भन्दा पनि बढि सुइ खरिदका लागि खरिद प्रक्रिया अगाडी बढाइएपनि प्राविधिक समस्याका कारण सफल हुन सकेको छैन ।
महाशाखाले ११ लाख विसीजी सुइका लागि ५८ लाख बजेट छुटयाएर खरिद प्रक्रिया पनि अगाडी बढाएको थियो । विसीजी सुइको अभावको बारेमा महाशाखमा गम्भीर रहेको र वच्चाहरुले समयमा सुइलगाउनुपर्नेमा वच्चाहरुको अधिकारको हनन हुने भएकोले छिटै नै समस्याको निराकरण गर्ने प्रतिवद्धता जनाइएको छ ।
यता वच्चाहरुको लागि अति आवश्यक रहेको विसीजी सुइ सकिनुभन्दा पहिले नै महाशाखा संग किन माग गर्नुभएन भनेर धनुषाका जनस्वास्थ्य प्रमुख हरिशचन्द्र साहसँग प्रश्न गर्दा उनले मुलुक संघियतामा गएकोले कर्मचारीहरु यताबाट उता पठाउनुपर्ने समस्याका कारण समयमानै ध्यान दिन नसकिएको वताए । यद्यपी उनले अब समस्या आउन नदिने दावी गरेका छन् ।
वच्चाहरुलाई क्षयरोग टिवी रोग लाग्नबाट वचाउनका लािग जन्मेको एक वर्ष भित्रमा जती छिटो होस विसीजी सुइ लगाउनुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ । प्रदेश नं २ का केहि जिल्लामा अभाव हुने स्थितीमा रहेपनि धनुषा जिल्लामा विसीजी सुइको हाहाकार नै भएको छ ।


