पत्रपत्रिकाबाट

सडकले जोडिँदै नेपाल-सिक्किम

पाँचथर / पालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।

पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम्म सडक बनाउन लागिएको हो। डिसेम्बरभित्र यो सडक उद्घाटन गर्ने गरी काम भइरहेको झाँक्रीढुंगाका समाजिक अगुवा अशोक क्षेत्रीले जानकारी दिए। करिब ७० प्रतिशत काम सकिएको उनले बताए। सीमा राजमार्गको गुणस्तरमा काम भइरहेको उनले बताए।

सिक्किमको दक्षिणी उत्तरे बजार नजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङ जोड्ने सडक बनाउन लागिएको छ। यसबाट पहाडी तथा हिमाली क्षेत्रको पर्यटन र व्यापार विकासमा टेवा पुग्ने छ।

पर्यटनलाई प्रथामिकतामा राखेर यो सडक निर्माण अघि बढाइएको केही साताअघि सिक्किम सरकारका खाद्य तथा नागरिक आपूर्ति विभाग र सहरी विकास तथा आवास विभागमन्त्री एन. के सुब्बाले नागरिकसँग बताएका थिए। डिसेम्बरसम्म चिवाभञ्याङलाई सडकले जोड्ने योजना उनले सुनाएका थिए। नेपालसँग सिक्किम प्रान्तको पहिलोपल्ट सडक सम्बन्ध स्थापना हुन लागेको हो। नेपाल र भारतको सिक्किम प्रान्तबीच ९९ किलोमिटर साझा सिमाना पर्छ। अहिलेको काम हेर्दा निर्धारित समयमा काम सकिने र मुख्यमन्त्रिको उपस्थितिमा सडक उद्घाटन गर्ने तयारी भएको उनले बताए। यो सडक बनेपछि नेपाल र सिक्किमबीच पर्यटन विकास गर्न सहयोग पुग्ने छ। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *