समाचार
दुई तिहाइ बहुमत सरकारका प्रधानमन्त्री ओली रक्षात्मक बन्दै, कांग्रेसमाथि आरोपै आरोप

भदौ १२, काठमाण्डौ । सरकार अलमलमा परेको र गति सुस्त बन्दै गएको आरोप लागि रहेका बेला प्रधानमन्त्री केपीशर्मा ओलीले त्यसको प्रतिवाद गरेका छन् । उनले प्रतिपक्ष दलले साना तिना विषयलाई उचालेर काम गर्न असहज बनाए पनि सरकार गतिहिन भने नभएको जिकीर गरे । संसद्मा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका कामहरुको फेहरिस्त नै सार्वजनिक गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अल्झाउन विभिन्न क्षेत्रबाट षड्यन्त्र भएपनि आफूहरु कहि नअल्झिएको दाबी गरेका छन् । मंगलबार संसद्लाई सम्बोधन गर्दै उनले सरकारलाई सुस्त भन्ने आरो गलत भएको दावी गरे । उनले नन इसु लाई उचालेर अनावश्यक भ्रम नफैलाउन प्रतिपक्षीलाई सचेत गराउदै जिम्मेवार बन्न आग्रह गरे । उनले सरकार कतै पनि नअल्मलिएको भन्दै संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन नियम बनाउन ब्यस्त भएको बताए ।
