पत्रपत्रिकाबाट

सगरमाथाको उचाइ नाप्न न्युजिल्यान्डको चासो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनमा न्युजिल्यान्डले चासो देखाएको छ। भारतको नयाँदिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासद्वारा हालै जारी विज्ञप्तिमार्फत यस्तो चासो देखाएको हो। उक्त विज्ञप्तिमा डा। क्रिस पियर्सनको सहयोगमा सगरमाथाको उचाइ नाप्न नेपाललाई सहयोग गर्ने जनाइएको छ। यसका लागि पहिलो चरणको योजना तयार गर्न तथ्याङ्क संकलनको काम भइरहेको बताइएको छ।

न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकारअन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्युजिल्यान्डकै नागरिक भू–गणितज्ञ डा पियर्सनलाई सहयोग गरिरहेको हो। पियर्सन २९ दिनदेखि नेपालमै रहेको बताइन्छ। आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *