पत्रपत्रिकाबाट

थप १६ नेपाली महिलाको उद्धार

काठमाडौ १६ साउनं । दिल्लीस्थित मुर्निकाको एक घरबाट उद्धार गरिएका १६ नेपाली युवती काठमाडौं पुगेकै दिन बन्धक बनाएर राखिएका थप १६ को मंगलबार उद्धार गरिएको छ । नयाँदिल्लीको इग्नो रोड, साकेतमा राखिएका दुई भारतीयसहित १८ महिलालाई नेपाली दूतावास र स्थानीय प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएका नेपाली महिलालाई कतार र कुवेत पठाउने भन्दै वैदेशिक रोजगारको गिरोहले एउटा साँघुरो कोठामा बन्धक बनाएर राखेको थियो। उनीहरूमध्ये केहीलाई भैरहवाबाट सिधै र केहीलाई बनारसको बाटो हुँदै दिल्ली पुर्‍याइएको थियो। दुई साताअघि उत्तर प्रदेशको बनारसमा वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक पठाउने भन्दै डढ सय नेपाली महिलालाई बन्धक बनाएको उजुरी परेपछि नेपालबाट आएको प्रहरी, दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि र बनारसको स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्नुअघि नै बन्धक बनाइएका महिलालाई भगाइएकाले उक्त टोली त्यत्तिकै फर्किएको थियो। उनीहरूलाई दिल्ली पुर्‍याइएको हुन सक्ने बनारस प्रहरीको आशंका थियो।

उक्त प्रकरणमाथि छानबिन गरिरहेको बनारस प्रहरीकै सूचनाका आधारमा दूतावासका प्रतिनिधि र स्थानीय प्रहरीको संयुक्त टोलीले छापा मारेको हो। उद्धार गरिएका महिलामध्ये केहीले आफूहरूलाई केही दिनअघि मात्र बनारसबाट ल्याइएको बताएका छन्। बाँकीलाई सिधै भैरहवाबाट दिल्ली लगिएको खुलेको छ। उद्धार गरिएका सबैलाई मंगलबार दिल्ली महिला आयोगको आश्रयस्थलमा राखिने र कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइने दूतावासले जनाएको छ। कान्तिपुरबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *