पत्रपत्रिकाबाट

फोहोरबाट ग्यास, सिलिन्डरको ९०० रुपैयाँ

परासी : फोहोरबाट बायोग्यास। दिनको १५० सिलिन्डर उत्पादन। एक सिलिन्डरको ९०० रुपैयाँ मात्र। हो पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ। कान्तिपुर दैनिक अगाडि लेख्छ, इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ। उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ। ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्यछ’, उनले भने, ‘यो सस्तो मात्र होइन वातावरणमैत्री पनि छ।’ कुहिने वस्तु यसको कच्चा पदार्थ हो। फोकोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *