समाचार

बिबाहमा हुने फजुल खर्च कटाएर नेत्रहिनलाई सहयोग

बेलबारी । बिवाहमा हुने फजुल खर्च कटाएर बिभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने प्रचलन बढदै जान् थालेको छ । विवाहमा हुने पाटी,भोज,भतेर लगायतमा खर्च गर्ने प्रचलनको अन्त्य गर्दै मानिसहरुले फजुल खर्च कटाउन थालेका छन ।

यहि क्रममा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका मोरङको बेलबारी ३ का रोशन सुबेदी र सुन्दरहरैचाकी अस्मिता उप्रेती (सुवेदी) ले समेत भोजभतेरमा हुने खर्च घटाएर बेलबारी ३ मै रहेको नेत्रहिन संघमा रहेका नेत्रहिनहरुलाई सहयोग गरेका छन ।

आईतबार १३८ औ हेलेन केयर जन्म जयन्तीको अबसरमा नेत्रहीन संघ मोरङले आयोजना गरेको प्रदेश नम्बर १ स्तरीय नेत्रहिन तथा अपांगता भएकाहरुको स्रष्टा साहित्य गोष्ठीको कार्यक्रममा भेला भएकाहरुलाई सुवेदीले भोजनका साथै सहयोग गरेका हुन ।
एक नम्बर प्र्देशका गृहमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री कार्की तथा मेयर सुबेदीले नब दुलाहादुलहीलाई टिका समेत लगाइ बधाई दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *