स्वास्थ्य

आज देशभर राष्ट्रिय योग दिवस मनाईंदै

काठमाडाैं – आज ‘योगमा मस्त रहौं, जीवनभर स्वस्थ रहौं’ भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय योग दिवस मनाईंदैछ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसङ्घले विगत दुई वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो।

पतञ्जलि योगपीठले योगमार्फत निरोगी हुन सबै नेपालीसमक्ष आह्वान गरेको छ । पतञ्जलि योगपीठ हरिद्वार र नेपालका कर्पोरेट मेम्बर उद्धवप्रसाद तिमिल्सिनाले जीवनलाई आनन्दमय, सुखमय र शान्तिमय बनाउने भएकाले योगलाई अनुशरण गर्नु सम्पूर्ण मानवको हितमा रहेको उल्लेख गरे । अहिले १ सय ७६ देशले योग दिवस मनाउन गइरहेको भन्दै उनले नेपालमा पनि आफ्नो संस्थाले साप्ताहिक योग शिविर जारी राखेको उनले बताए ।

‘विभिन्न अध्ययनले पुष्टि गरेका छन् कि योग गर्ने मानिस तुलनात्मकरूमा निरोगी हुन्छ । त्यसैले निर्धक्क भएर योग गरौँ र निरोगी बनौँ,’ उनले भने ।पतञ्जलि योगपीठले ७७ वटै जिल्लामा योगशाला सञ्चालन गरेर सर्वसाधारणलाई निरोगी बनाउने अभियान थालेको बताउँदै तिमिल्सिनाले अहिले ४० हजार योग शिक्षक÷शिक्षिका तयार भइसकेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *