विजनेस

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, कहाँ कहाँ पर्‍यो हेर्नुहोस्

वैदेशिक रोजगार इपीएस कोरिया शाखाले कोरियन भाषाको परीक्षा केन्द्र तोकेको छ । जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको शाखाले जानकारी दिएको छ । परीक्षा विहान ८ बजेदेखि १० सम्म र दिउँसो १२ देखि ४ बजेसम्म गरि दुई सिफ्टमा सञ्चालन हुने छ ।

कोरियन भाषा परिक्षाका लागि करिब ८० हजार युवाले आवेदन दिएका छन् । कोरिया नेपालका लागि उद्योग र कृषिमा गरि १० हजार ५ सय कामदारको कोटा छुटाइसकेको छ ।

१८ बर्षदेखि ३९ बर्ष उमेर नकाटेका युवा परीक्षामा सामेल हुन प्रावधान छ । परीक्षा दिन जाँदा सक्कली राहदानी पनि बोक्नुपर्ने हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *