जागिरको लोभ देखाउँदै जबरजस्ती क्रिश्चियन बनाउन खोज्ने तीन महिला पक्राउ

अ+
अ
अ-

काठमाडौँ, २४ बैशाख । गैरसरकारी संस्था (एनजिओमा) जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन् ।

कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

चितनकी लक्ष्मी भट्टराईको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐनअनुसार कारबाही अघि बढाइएको परिसरले जनाएको छ ।
गत बैसाख १५ गते सीतापाइलास्थित चर्चमा लगेर पीडित भट्टराईलाई बाइबल पाठ सुनाउँदै धर्म परिवर्तन गर्न लगाइएको थियो ।

धर्म परिवर्तन गरेमात्र जागिर लगाइदिने आश्वासन दिएको पीडितको उजुरीमा उल्लेख छ । पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ ।