पत्रपत्रिकाबाट

गोकर्णेश्वर महादेव मन्दिरमा सुनको जलपको छाना

काठमाडौं, चैत २० – गोकर्णेश्वर महादेव मन्दिरको जीर्ण भएको झिंगटीको छाना फेर्ने उद्धेश्यसहित फागुन २३ देखि चैत्र ३ सम्म आयोजना भएको बृहत् गोकर्णेश्वर धार्मिक महामेला सम्पन्न भएकाे छ ।

मंगलबार गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे , वाचक ईश्वरकृष्णजी महाराज, स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरियो ।

झण्डै १७ करोडको बजेटसहित जीर्णोद्वार हुने यस योजनामा छानालाई झिंगटीको साटो तामा मा सुनको जलपसहितको छाना ले प्रतिस्थापन गरिने छ । हाल पुरातत्व विभागले कस्तो छाना हाल्ने भन्ने विषयमा नक्सा तयार गर्दैछ ।

पुरातत्व विभाग र गोकर्णेश्वर नगरपालिकाको पनि यस योजनामा आर्थिक सहयोग रहनेछ । ५ औँ शताब्दीमा बनेको यस मन्दिर उत्तर गया तीर्थको नामले पनि प्रसिद्ध छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *