समाचार

असई थमन विक हत्यामा राज्यमन्त्री शर्माले अदालत सामु आत्मसमर्पण

महोत्तरी, २८ साउन । प्रदेश नम्बर २ का राज्यमन्त्री अभिराम शर्माले सोमबार जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालत धनुषा जनकपुरको आदेशपछि सशस्त्र प्रहरीका असई थमन विक हत्याका अभियुक्त शर्माले आजमात्रै अदालत सामु आत्मसमर्पण गरेका छन् ।

गत साताको मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले पक्राउ गरेको थिएन । उनी बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका हुन्।

राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, शंकर शाहीलाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो । प्रहरीले मिश्रलाई अझै पनि पक्राउ गर्न सकेको छैन् ।

तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियो।आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *