समाचार

भुम्लु गाउँपालिकामा भूमि व्यवस्थापन शाखा उद्घाटन, जग्गा स्वामित्व हस्तान्तरणको काम अब स्थानीय तहमा

२०८३ असार ४ बिहीबार 
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले स्थानीय भूमि सम्बन्धी नापी तथा मालपोत सेवाका लागि भूमि व्यवस्थापन शाखाको उद्घाटन गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका २१४ स्थानीय तहमध्ये ३५ वटा स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी अधिकार हस्तान्तरण गरेसँगै भुम्लु गाउँपालिकाले उक्त अधिकार प्राप्त गरेको हो। सोही अधिकारअनुसार आज गाउँपालिकामा भूमि व्यवस्थापन शाखाको औपचारिक उद्घाटन गरिएको हो।

स्थानीय तहलाई अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरणलगायत भूमि प्रशासनसँग सम्बन्धित विभिन्न सेवा स्थानीय तहबाटै प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

भूमि प्रशासनको कार्यान्वयन सुरु गर्ने ३५ स्थानीय तहमध्ये भुम्लु गाउँपालिका दोस्रो स्थानीय तह बनेको छ। यसबाट सेवाग्राहीले नापी तथा मालपोत कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा स्थानीय स्तरमै छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *