समाचार

कृत्रिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी दाेस्राे सम्मेलन सम्पन्न

टुकी संवाददाता ,बैशाख २८
काठमाडौ । यूएसएआईडिको शारीरिक पुनस्र्थापना परियोजना र ह्याण्डिक्याप इन्टरनेशनलको सहयोग तथा कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालको आयोजनामा एक दिने दोस्रो कृत्रिम अङ्ग तथा सहायक उपकरण सम्मेलन राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरू लगायत अन्य आवश्यकता भएका सबै व्यक्तिहरूलाई अति आवश्यक कृत्रिम अङ्ग तथा सहायक उपकरणको महत्व तथा आवश्यकता बारे ध्यानाकर्षण गर्ने उद्धेश्यले यस सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक, डा. रुद्र प्रसाद मरासिनीले कृत्रिम अङ्ग तथा सहायक उपकरणको अत्यन्तै महत्व रहेको तर कृत्रिम अङ्ग तथा सहायक उपकरणको माग अनुसार आपूर्ति गर्न नसकिएकोले सहज आपूर्ति तथा यसको पहुँच लक्षित वर्गमा पु¥याउँन सरकार प्रतिवद्ध रहेकोले यसका लागि सबैको साथ तथा सहयोगको आवश्यकता रहेको बताउँनु भयो ।

त्यसैगरी सम्मेलनका अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापितले अपाङ्गता भएका व्यक्तिहरूले कृत्रिम अङ्ग तथा सहायक उपकरण माग्नुपर्ने नभई सरकारले यसको सहज उपलव्धतामा ध्यान दिनु पर्ने आवश्यकता रहेकोमा जोड दिनुहुँदै यो उनीहरूको गमनशिलता तथा पहुँचको अधिकार रहेको बताउँनु भयो ।

सम्मेलनकै अर्का अतिथी नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध कुमार शर्माले स्वास्थ्य पुनस्र्थापना क्षेत्रमा परिषद्को पनि ध्यानाकर्षण भएकोले आवश्यक सहयोग गर्न परिषद् पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनका अतिथी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले स्थानियस्तरमा नै कृत्रिम अङ्ग तथा सहायक उपकरणको उपलब्धता हुनुपर्नेमा जोड दिनुहुँदै यसका लागि सरकारले नेपालमा नै दक्ष प्राविधिक उत्पादन गर्ने वातावरण सृजना गर्नुपर्ने बताउँनु भयो ।

त्यसैगरी ह्याण्डिक्याप इन्टरनेशनल नेपालका डेपुटी कन्ट्री मेनेजर मदनराज जोशीले  ह्याण्डिक्याप इन्टरनेशनलले पुनस्र्थापनाको क्षेत्रमा लामो समय देखि नै कार्य गर्दै आएकोले कृत्रिम अङ्ग तथा सहायक उपकरण तथा दक्ष जनशक्ति उत्पादन र वितरणमा गंभिर रहेकोले आगामी दिनमा पनि यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउँनु भयो ।
सम्मेलनमा सभापतिको आसन बोल्नुहुँदै कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालका अध्यक्ष शुकदेव पौडेलले कृत्रिम अङ्ग तथा सहायक उपकरण निर्माणका लागि नेपालमा दक्ष प्राविधिकको अभाव रहेकोले सरकारले प्रोस्थेटिस्ट एण्ड अर्थोटिस्ट स्कूलको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपप्रमुख फिजियोथेरापिष्ट निष्ठा श्रेष्ठले नेपालमा स्वास्थ्य प्रणालीमा पुनस्र्थापना सेवाहरूको एकीकरण गर्ने विषयमा बिस्तृत प्रश्तुतीकरण गर्नुभयो । यसैगरी अन्य राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका विभिन्न व्यक्तित्वहरूले समेत आफ्ना प्रश्तुतीकरणहरू दिनुहुँदै कृत्रिम अङ्ग तथा सहायक उपकरणको महत्वका बारेमा प्रष्टयाउँनु भयो ।

सम्मेलनमा कृत्रिम अङ्ग तथा सहायक उपकरण निर्माण गर्ने पेशाकर्मी, यूएसएआईडि नेपालका प्रतिनिधी, स्वास्थ्य तथा पुनस्र्थापना क्षेत्रका सरकारी प्रतिनिधी, अपाङ्गता तथा गैरसरकारी संस्थाका प्रतिनिधी, स्वास्थ्य तथा पुनस्र्थापना सम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ता, विद्यार्थी तथा विदेशी प्रतिनिधी गरि करिव १५० जनाको सहभागिता रहेको छ ।  

कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपाल, नेपालमा पुनस्र्थापना सेवा सम्बन्धी आवश्यकता भएका सबै व्यक्तिहरूलाई सहज, सुलभ तथा गुणस्तरिय सेवा पु¥याउने उद्धेश्यले सन् २००६ मा स्थापना भएको गैरसरकारी संस्था हो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *