समाचार
गाेकर्ण गौतम स्मृति पुरस्कार पत्रकार एलनलाई प्रदान गरिने

माघ २३ मंगलबार ,२०८०
काठमाडौँ। ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान-२०८०’ समाजवादी प्रेस संगठन, नेपालका महासचिव रामकुमार एलनलाई प्रदान गरिने भएको छ।
झरना साहित्यिक परिवार बकैया मकवानपुरले पत्रकार गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको उक्त पुरस्कार महासचिव एलनलाई प्रदान गर्ने निर्णय गरेको हो।
संस्थाका सचिव मसान उपासककाअनुसार उक्त पुरस्कार आगामी फागुन १२ गते प्रदान गरिने छ। सचिव उपासकले भन्नुभयो, ‘यो वर्षको पुरस्कार पत्रकार रामकुमार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको छ। आगामी फागुन ११ र १२ गते बकैया साहित्य महोत्सव २०८० का अवसरमा उक्त पुरस्कार प्रदान गर्ने तयारीमा छौं। महोत्सवको पहिलो दिन बालबालिकाहरूको उपस्थिति रहन्छ भने दोस्रो दिन सबै उमेका साहित्य अनुरागीहरूको सहभागिता रहने छ।’
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय प्रचार विभाग सदस्यसमेत रहनु भएका एलन हाल मधेशदृष्टि दैनिकको सम्पादक हुनुहुन्छ।

