समाचार

मृगौला पीडितलाई एक लाख सहयोग

संखुवासभा : सभापोखरी गाउँपालिका–६ कि मृगौलापीडित कविता विश्वकर्मालाई आर्थिक सहयोग वितरण गरिएको छ। दुवै मृगौला फेल भएका विश्वकर्मालाई ‘कविता विश्वकर्मा बचाउ अभियान’ले संकलन गरेको एक लाख ८०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। कविता बचाउ अभियानताका सुजन कार्कीले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन्। मृगौला प्रत्यारोपण गर्नको लागि करिव २५ लाख रुपैयाँको आवश्यकता रहेको पीडित विश्वकर्माले बताइन्। उनको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुँदै गरेको उनका श्रीमान् विजय सिगौरेले बताए। उनले भने ‘दुई छाक त खान धौ–धौ छ उपचारमा लाग्ने २५ लाख कसरी जुटाउने। अहिले उनीहरूको साथमा दुई लाख १० हजार मात्र जम्मा भएको र थप सहयोगका लागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीसँग सहयोगको अपिल गरेका छन्। विश्वकर्मा विगत एक वर्षदेखि रकम अभावका कारण उपचार गर्न नपाएर थलिएर घरैमा बस्दै आएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *