पत्रपत्रिकाबाट

बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ।

चिनियाँ निर्माण कम्पनी साउथ चाइनमा ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिए। काठमाडौं उपत्यकको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपठको अवधारणा ल्याइएको छ।

यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको थियो।

चिनियाँ निर्माण कम्पनीको एक प्रतिनिधीमण्डलले सहरी विकासमन्त्री महम्मद इस्तियाक राई र उपत्यका विकास प्राधिकारणका पदाधिकारीसँग भेट गरी बाहिरी चक्रपथ नर्माण गर्ने प्रस्ताव गरेको थियो। मन्त्री राईले अनुभवी र दक्ष निर्माण कम्पनीमार्फत बाहिरी चक्रपथ निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।, आजको गोरखापत्र दैनिककोमा यो खबर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *