समाचार
तनहुँमा पत्नी पीडित पुरुषका उजुरी बढे
तनहुँ । तनहुँमा पछिल्लो समय पत्नीबाट पीडित हुनेहरुको उजुरी बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले दिएको तथ्याङक अनुसार ४० जना पुरुषले श्रीमतीबाट पीडित भएकाे भन्दै उजुरी दिएका छन् । उजुरी परेकामध्ये २८ वटा उजुरी मिलापत्रबाट टुङ्गिएको र १२ वटा उजुरी अदालती प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । गत वर्ष २०७४/७५ मा परेको ५५ वटा उजुरी मध्ये ३४ वटा उजुरी मिलापत्रबाट मिलाइएको र २१ वटा उजुरी अदालती प्रक्रियामा गएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा २३ वटा उजुरी मध्ये ८ वटामा मिलापत्र गरिएकाे तथा १५ वटा अदालती प्रकृयामा गरिएकाे त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा १२ वटा उजुरीमा ९ वटाको मिलापत्र र ३ वटा अदालती प्रकृया गरिएको थियो ।
अधिकांश उजुरीमा वैदेशिक रोजगारमा गएका श्रीमानले पठाएको रकम परपुरुषसँग लागि श्रीमतीले सकाउने र श्रीमान स्वदेश फर्किँदा रकम लिएर श्रीमती अन्य पुरुषसँगै हिँड्ने गरेको हुने बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
