समाचार

घरमा छोरा नभएपछि छोरीहरूले नै दागबत्ती दिएर बसे आमा काजकिरियामा

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भइ हाल नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा बस्दै आएका २१ वर्षीया संगीता र १७ वर्षीया सरला दुवाडीले आमाको काजकिरिया बसेका छन् ।उनीहरुकी आमा ४१ वर्षीया भगवती दुवाडीको क्यान्सर कारण निधन भएपछि उनीहरु कृया बसेका हुन् ।

दुवाडी परिवारमा पनि छोरीहरुले आमाको किरिया बस्ने अठोट लिए पछि पारिवारिक सल्लाहमै मृत्यु पश्चातको संस्कार पुरा गर्ने जिम्मेवारी छोरीहरुलाई दिइएको हो।बुबा विश्वराम दुवाडीले सामाजिक सञ्जाल फेसबुकमा कोरा बसेकी दुई छोरीहरुको फोटो सहित आफ्नो छोरीहरुको आँट, साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन्।

समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको जेठी छोरी संगीता दुवाडीले बताइन्। ‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ’, उनले भनिन्, ‘त्यसैले छोराहरुले गर्न सक्ने काम हामीहरु पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेका हौँ।’ उनीहरूले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै विधि पु(याएका छन्। समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ। उनीहरुको घरमा छोरा नभएपछि छोरीहरूले नै दागबत्ती दिएर काजकिरिया गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *