समाचार
पोखराको औद्योगिक क्षेत्र नजिकै सेती नहरमा भेटियो महिलाको शब
पोखरा । पोखराको औद्योगिक क्षेत्र नजिकै सडक छेउको नालीमा एक महिलाको शव फेला परेको छ। अहिलेसम्म उक्त शव महिलाको भएपनि उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सडकमा गाडी कुरेर बसेकी महिलाले पानीमा शव रहेको भन्दै हल्ला खल्ला गरेपछि उक्त घटना सार्बजनिक भएको हो।ती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा नालीमा उक्त शव फेला परेको बताइएको छ ।
