समाचार

डढेलो–मुक्तपछि भुम्लु ‘खुल्ला विद्युत तार–मुक्त पालिका’ अभियानमा

मंसिर १२ शुक्रबार ,२०८२
काभ्रेपलाञ्चोक । डढेलो–मुक्त पालिका बनाउन सफल भुम्लु गाउँपालिकाले अब ‘खुल्ला विद्युत तार–मुक्त पालिका’ अभियान थालेको छ। उक्त अभियानलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा मन्त्री माननीय कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।

अध्यक्ष भूजेलको प्रस्ताबित योजनामाथि गम्भीर चासो व्यक्त गर्दै मन्त्री घिसिङज्यूले भुम्लु गाउँपालिकाको प्रशासनिक भवन, निर्माणाधीन चेरेको पुल, तथा खुल्ला विद्युत तार हटाई सुरक्षित विद्युत संरचना बनाउन आवश्यक स्रोत–साधन सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयहरूलाई कडा निर्देशन दिएका छन्।

यस्तै, निर्माणाधीन अस्पताल भवनको थप दायित्व, आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषयमा स्वास्थ्य मन्त्रालयमा विस्तृत छलफल भएको अध्यक्ष भूजेलले जानकारी दिएका छन्।

भेटघाट फलदायी भएको उल्लेख गर्दै अध्यक्ष भूजेलले पहल र सहयोगका लागि माननीय सुर्यमान दोङ (लालधोज) प्रति धन्यवाद व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *