समाचार

बलिउड महानायक धर्मेन्द्रको ८९ वर्षमा निधन

मंसिर८ साेमबार २०८२

काठमाडौ ।  बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि भएको छ। उनकाे सोमबार मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएकाे हो ।

भारतीय चलचित्र जगतले उनलाई “ हिम्यान´´को रूपमा चिन्थ्यो। धर्मेन्द्रले सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट अभिनय यात्रा प्रारम्भ गरेका थिए। करिब ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका उनले फूल और पत्थर, शोले, यादों की बारात, धरम वीर लगायतका अनेकौं सुपरहिट चलचित्रमा अविस्मरणीय अभिनय प्रस्तुत गरेका छन्।

उनको निधनसंगै भारतीय फिल्म उद्योगले एउटा स्वर्णिम युगको समाप्ति भएको अनुभूति गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *